Sunday, 26 March 2023

हेलीकप्टर पाईलटले एटीसीसँग अश्लील शब्द बोलेपछि

एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लील शब्द बोलेको आरोपमा अन्नपूर्ण हेलिकप्टरका पाईलटलाई कारवाही गरिएको छ। ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ ति पाईलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाही गरेको हो।

https://hilightkhabar.blogspot.com/2023/03/blog-post_26.html


प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौं–लुक्ला उडानका क्रममा ति पाईलटले टावरसँग अश्लील शब्द बोलेका थिए। निलम्वन (ग्राउन्डेड) गरिएका उनको नाम प्राधिकरणले खुलाएको छैन।

‘२१, मार्च २०२३ मा काठमाडौंबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले मिस कम्युनिकेशन गरेको हुनाले निजलाई ग्राउण्डेड गरिएको छ’, निरौलाले भने । त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने थप दुई हेलिकप्टर कम्पनीका पाइलटलाई ग्राउण्डेड गरिएको छ ।


एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकप्टर उडाएका थिए । यी तीनैजना पाइलटले अर्को निर्णय नभएसम्म हेलिकप्टर उडाउन पाउने छैनन् । 

Saturday, 25 March 2023

८० हजार युरोको घडी लुकाएपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल संकटमा

 

८० हजार युरो पर्ने विलासी घडी लुकाएपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ विवादमा परेका छन् । घडी लगाएर अन्तर्वार्ता दिन पुगेका उनले सोही क्रममा टेबलमुनि हात छिराएर घडी फुकालेको भन्दै चर्को आलोचना भएको छ।


राष्ट्रपति फ्रान्समा जारी आन्दोलनका विषयमा अन्तर्वार्ता दिन टेलिभिजनमा उपस्थित भएका थिए। अन्तर्वार्ताको क्रममा उनले ८० हजार युरो पर्ने विलासी घडी टेबलमुनि हात लुकाएर फुकालेको आरोप आलोचकहरुले लगाएका छन्।

तर, सो दाबी गलत भएको राष्ट्रपति कार्यालयको भनाइ छ। घडीको मूल्य २४ सय युरोभन्दा कम पर्ने केहीको भनाइ छ। राष्ट्रपति कार्यालयका प्रतिनिधिले अन्तर्वार्ताका क्रममा टेबलमा ठोक्किएर बारम्बार आवाज आएपछि उनले घडी फुकालेको बताएका छन्। 


अन्तर्वार्तामा करिब १० मिनेट बितेपछि म्याक्रोँले टेबलमा हात राख्दा आवाज आएको सुनिन्छ। त्यसपछि उनी हात टेबलमुनि लैजान्छन्। पछि उनको हात बाहिर आउँदा घडी हुँदैन। सो भिडिओ क्लिप अहिले भाइरल बनेको छ।


फ्रान्सेली सञ्चारमाध्यमहरुले भने सो घडी बेल एन्ड रोस कम्पनीद्वारा निर्मित भएको र १६ सयदेखि २४ सय युरोसम्म पर्ने बताएका छन्।


म्याक्रोँ आफ्नो पेन्सन सुधार कार्यक्रमका कारण विवादित छन्। अवकाशको उमेर ६२ बाट ६४ बनाएको विरोधमा ठुल्ठूला प्रदर्शन भइरहेका छन्। बिहीबार करिब ३० लाख मानिसले सरकारी निर्णयविरुद्ध प्रदर्शन गरेका थिए।


म्याक्रोँले सामान्यजनको अवस्था नबुझेको आरोप लाग्दै गरेका बेला अन्तर्वार्तामा उनले घडी लुकाउँदा झन् आलोचना भएको छ। कतिपयले उनलाई ‘धनीहरुका राष्ट्रपति’ भन्दै आएका छन्। 

आर्थिक मन्दीका कारण सुनसान हुन थाले बजार




बाँके । बाँकेका मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ । बैंकहरुले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसाय उत्साहजनक नभएको हो ।


कोरोनाले थलिएको नेपालगञ्जको व्यापार व्यवसाय फेरि बैंकहरुले व्यवसायीमाथि लगाएको चर्को ब्याज र खुला सीमानाका कारण न्युन हुँदै गएको हो । भारतीय बजार रुपैडिहासँग जोडिएको नेपालगञ्जको व्यापारले प्रतिष्पर्धा गर्न त धौधौ छ नै त्यसमा पनि हरेक सामग्रीको नेपाली मूल्य भन्दा भारतीय बजारको मूल्य केही कम भएका कारण नेपालगञ्जको व्यापार कम हुँदै गएको व्यापारीहरुले बताए ।


आर्थिक संकट बढ्दै गएका बेला सरकारले चासो नदिएको व्यापारीहरुको आरोप छ । आर्थिक मन्दीमा पनि सकरारले आवश्य चासो नदेखाउँदा व्यापार धराशायी भएको व्यापारी सुनिल गुप्ताले बताए । उनले अनलाईन व्यापार र सरकारको नीतिकै कारण व्यापार न्युन हुँदै गएको भन्दै विगतका वर्षमा व्यापारको तुलनामा यो वर्ष व्यापार नभएपछि समय काट्न पनि समस्या भएको बताए ।


खुला सीमा र भारतीय बजारबाट क्यारिङ गरेर मालवस्तु नेपाल भित्र्याउने चलनले नेपालगञ्ज र कोहलपुरको व्यापारमा कमी आएको नेपालगञ्जकी महिला व्यवसायी माया खड्काले बताइन् । उनले अहिलेसम्म धेरै नै घाटा भइसकेको भन्दै सीमानामा कडाइ गर्नुपर्ने माग गरिन् ।


आर्थिक संकट बढ्दै जानु र व्यापारीहरुलाई एलसी सिस्टमबाट गएर सामान आयात गर्नुपर्ने झन्झटले गर्दा नेपालगञ्जको व्यापारको स्थिति निकै कमजोर हुँदै गएको उनीहरुको गुनासो छ ।


नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जको व्यापार व्यवसाय अत्यन्तै कम हुँदै गएको बताए । उनले नेपालगञ्जको व्यापार कम हुनुमा बैंकहरुले व्यवसायीहरुबाट चर्को ब्याज लिनु र विकास निमार्णका कार्यहरु ठप्प हुनु रहेको बताए ।


व्यापारीहरुले लिएको कर्जामा बैंकहरुले एक्कासी दोब्बरको हिसावले ब्याज नबढाएर सहुलियत दरमा ब्याज लागाइनुपर्ने र अनलाइन व्यापार खुला सिमानामा सरकारले कडाई गर्नुपर्ने व्यापारीहरुको माग छ ।

Friday, 24 March 2023

नेपाल एयरलाइन्स र एयर इन्डिया आकासमा झन्डै ठोक्किए

 शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलाे दुर्घटना हुनबाट जाेगिएका छन्।




मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज झन्डै ठोक्किन पुगेको थिए।


एयर इन्डियाको चरम लापरबाहीका कारण झन्डै दुई जहाज आकासमै ठोक्किनबाट जोगिएको हाे। एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले सोही समयमा मलेसियाको क्वालालम्पुरबाट नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटको उचाइमा होल्ड गरिरहेको बेला एयर इन्डियाको जहाज एक्कासि अनुमतिबिनै १५ हजार फिटमा झरेपछि दुर्घटना उन्मुख भएर बचेको बताए।

त्यसलगत्तै नेपाल एयरलाइन्सको जहाजलाई विमानस्थलको तल्लो भागमा र एयर इन्डियाको जहाजलाई माथि नै अवतरण गराएको प्रवक्ता सिटौलाले जानकारी दिए।

‘प्रारम्भिक अध्ययनमा एयर इन्डियाले अनुमति नै नलिई जहाजलाई १५ हजार फिटमा ल्याउनु गल्ती देखिएको छ,’ प्रवक्ता सिटौलाले भने, `थप अध्ययन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने छ।’ 

नेपाल-भारत जोड्ने पूर्वी नाकामा एसियन हाइवे नै बन्द गरियो

 मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद पाठकले राजश्व संकलनको लागि परीक्षण भन्दै नेपाल-भारत जोड्ने पूर्वी नाकामा एसियन हाइवे नै बन्द गराएका छन् ।




मुख्य राजमार्ग नाका बन्द गरी यात्रु शाखामा प्रवेश गराएर चेकजाँच गर्दा यात्रुहरूलाई समस्या भएको छ । भारतबाट आउने यात्रुहरूलाई मुख्य एसियन हाइवेमा चेकजाँच नगरी उत्तरपट्टि यात्रु शाखामा प्रवेश गराई चेकजाँच गर्दा झन्झटिलो भएको उनीहरूले बताएका छन् । भारतबाट चार चक्के र दुई चक्के सवारीसाधनमा आउने नेपाल र भारतका सबै यात्रुहरूलाई उत्तरपट्टि भन्सार कार्यालयको हाताभित्र प्रवेश गराई त्यहाँ चेकजाँच गरिसकेपछि सुपारी लाइन हुँदै देवकोटा पार्क निकाल्ने गरिएको छ ।


यसअघि हाइवेमै चेकजाँचको व्यवस्था रहेकोमा पाठकले तीन दिनअघिदेखि सो नयाँ नियम लागू गरेका हुन् । यात्रु शाखामा यात्रुहरूलाई प्रवेश गराई चेकजाँच गर्ने नयाँ नियम लागू गरिएपछि धेरै समय लाग्ने र घुमेर जानुपर्ने झन्झट भएको उनीहरूको गुनासो छ । यात्रु शाखामा थालिएको चेकजाँचप्रति यात्रुहरूले आपत्ति जनाएको चेकजाँचमा खटिएका सुरक्षाकर्मीहरू नै बताउँछन् । ‘हाइवेमा हुँदा सजिलो थियो भनेर उहाँहरू भन्नुहुन्छ ’सशस्त्रका सईले भने,‘ यात्रु शाखा आउँदा उहाँहरू झन्झट मान्नुहुन्छ ।’


यसअघि नेपालतर्फ मेची पुलमा सशस्त्र प्रहरीले चेक गरिसकेपछि भन्सार कार्यालय छेउ बाटोमा प्रहरीसहित भन्सार कर्मचारीहरूले चेकजाँच गर्ने गरेका थिए । अहिले तीन चक्के सवारीसाधनहरू हाइवेबाट सञ्चालन भइरहेका छन् । भन्सार प्रमुख पाठकले तीन चक्के सवारीसाधनलाई पनि हाइवेबाट चल्न नदिने भएका छन् । उनले दक्षिणपट्टि यार्डबाट तीन चक्के सवारीसाधन जाने गरी व्यवस्था मिलाउन थालेका छन् । यात्रुहरूलाई दुःख दिने नियतले नभई राज्यको लागि राजश्व बढीभन्दा बढी सङ्कलन गर्ने उद्देश्यले सो नियम बनाएको भन्सार प्रमुख पाठकले प्रतिक्रिया दिए

का छन्

चीनले वनाई दिएको कलंकी–बल्खु सडकको बेसलाइन फेल, ४ वर्षमै भत्काईदै


 सडक डिभिजन कार्यालय काठमाडौंले कलंकीदेखि बल्खुसम्म पर्ने सर्भिस लेन धमाधम भत्काउन थालेको छ। सो क्षेत्रको सडकको बेसलाइन नै फेल भएकाले कालोपत्रे उप्काइएको विभागका प्रमुख नारायणप्रसाद निहुरेले जानकारी दिए ।

चीन सरकारको सहयोगमा चार वर्ष अघि निर्माण भएको कलंकी–बल्खु सडकखण्ड अन्तर्गत झण्डै एक किलोमिटर सडकको बेसलेयर नै फेल भएको पाइएकाले पुरानो संरचना उप्काएर नयाँ कालोपत्रे गरिने उनी बताउँछन् । ‘बेस लेयरको विभागी टेस्ट गर्दा बेस नै फेल भएको पायौं, जसका कारण पुरानो सबै संचरना उप्काएर नयाँ कालोपत्रे गर्नुपर्ने भएको छ’ उनले भने ।

अर्बौं लगानी गरेर बनाएको यो सडक भत्काएकोमा सर्वसाधारण भने आश्चर्यमा छन् । सडक डिभिजनका इन्जिनियर नेत्र पौडेलका अनुसार सडक डिभिजन काठमाडौं र ललितपरले उपत्यकामा रहेका सबै सडकहरुको अवस्था निरीक्षण गरिरहेको छ। त्यही अनुसार कलंकीदेखि बल्खुसम्म रहेको १३०० मिटर सडकको सर्भिस लेनमा बेस कमजोरी अर्थात बेस फेल्ड भएको समस्या देखिएपछि भत्काउन थालिएको हो।

उनका अनुसार यो सडकखण्डमा बेस कमजोर भएका कारण कालोपत्रे चर्किने, कतै खाल्डो पर्ने जस्ता समस्या देखिएका थिए। त्यसपछि सबै समस्याको बारेमा सडक विभागमा छलफल गरी यो सडक पुनर्निर्माण गर्नेगरी विभागले निर्णय गरेको छ। त्यही अनुसार विभागले यो सडकसहित ५ वटा सडकको निर्माण गर्न भ्याटबाहेक साढे २९ करोडमा ठेक्का लगाएको उनले बताए।

जसमा कलंकीदेखि बल्खु, बालकुमारी पुलदेखि कोटेश्वरसम्म, महाराजगञ्जदेखि लैनचौरसम्म, लैनचौरबाट बालाजु बाइपाससम्म र साँखुदेखि भोटेचौरसम्मको सडकहरु मर्मतसम्भार गर्न ठेक्का लगाइएको हो।

यो सडकको मर्मतसम्भारका लागि विश्व बैंकले सहयोग गरेको छ। यो सडकमा बेस राम्रोसँग हालेर फेरि कालोपत्रे गर्ने योजना रहेको उनले बताए। 

हेलीकप्टर पाईलटले एटीसीसँग अश्लील शब्द बोलेपछि

एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लील शब्द बोलेको आरोपमा अन्नपूर्ण हेलिकप्टरका पाईलटलाई कारवाही गरिएको छ। ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ ति प...