शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलाे दुर्घटना हुनबाट जाेगिएका छन्।
मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज झन्डै ठोक्किन पुगेको थिए।
एयर इन्डियाको चरम लापरबाहीका कारण झन्डै दुई जहाज आकासमै ठोक्किनबाट जोगिएको हाे। एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले सोही समयमा मलेसियाको क्वालालम्पुरबाट नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटको उचाइमा होल्ड गरिरहेको बेला एयर इन्डियाको जहाज एक्कासि अनुमतिबिनै १५ हजार फिटमा झरेपछि दुर्घटना उन्मुख भएर बचेको बताए।
त्यसलगत्तै नेपाल एयरलाइन्सको जहाजलाई विमानस्थलको तल्लो भागमा र एयर इन्डियाको जहाजलाई माथि नै अवतरण गराएको प्रवक्ता सिटौलाले जानकारी दिए।
‘प्रारम्भिक अध्ययनमा एयर इन्डियाले अनुमति नै नलिई जहाजलाई १५ हजार फिटमा ल्याउनु गल्ती देखिएको छ,’ प्रवक्ता सिटौलाले भने, `थप अध्ययन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने छ।’
No comments:
Post a Comment